२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

भिसा अस्वीकार गरेको ३ घण्टामै अमेरिकी दूतावासले सन्दीपलाई बाेलाएर दियो भिसा


२८ साउन, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा अस्वीकार गरेको ३ घण्टामै बाेलाएर भिसा प्रदान गरेको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौँमा रहेको अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता दिएकोमा दूतावासले भिसा दिन अस्वीकार गरेको थियाे ।

सन्दीपले सबै कागजात समावेश गरे पनि आफूलाई भिसा नदिएकोमा चकित भएको उल्लेख गरेका थिए । दूतावासले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका थिए,  ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ ।

सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् । सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगस्ट अन्त्यसम्म पुगिसक्नुपर्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १५:१०