१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मातहतका निकायसँगै निरीह बन्यो सरकार, प्रहरी प्रमुख सर्वेन्द्र खनालले गरेको गल्ती सच्यियो


२३ साउन, काठमाडाैँ । सरकार मातहतका निकायका अघि नै निरीह देखिएको छ । कार्यसम्पादन सम्झाैताको नाममा प्रभावकारिता ल्याउने तयारीमा रहेको सरकार गल्ती ठाकछोपमै अघि बढ्न खोजेको देखिएको छ । यदि मातहतका निकाय र तीनको गल्ती कमजोरी ढाकछोप गरेर अघि बढ्ने भए कार्यसम्पादन सम्झाैताको ढर्रा किन चाहियो भन्ने प्रश्न समेत उठेको छ ।

सन्दर्भ हो प्रहरी प्रमुख सर्वेन्द्र खनालले गरेको गम्भीर गल्तीको ढाकछोपको । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) खनालले विदेशी मञ्चमा उभिएर नेपालको परराष्ट्र नीति उल्लंघन गर्दै क्षेत्रीय मञ्चबाट भारतीय रणनीतिमा समर्थन जनाएको प्रमाणसहित लामो समयसम्म पत्रकार दीपक खरेलले नेपालखबर डट कममा खबरदारी गरेपछि सरकारले आइजीपी खनालको गल्ती सुधार गरेको हो ।

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) राष्ट्रका सुरक्षा प्रमुखको २०७५ चैत ७ गते थाइल्यान्डको बैंककमा भएको बैठकमा खनालले परराष्ट्र नीति उल्लंघन गर्दै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तावलाई अनुमोदन गरेका थिए । उक्त विषय देशको परराष्ट्रनीति विरुद्ध रहेकाले स्वीकार्न नसकिने भन्दै गृह मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट अस्वीकृत गरिदिएको छ भने खनालले बैंकक बैठकमा गरेको अनुमोदन अस्वीकृत भएको पत्र गृहले २०७६ असार ३ गते परराष्ट्र मन्त्रालयमा पठाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार ०८:२४