१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नख्खु जेल प्रकरणः मासु खान नपाएको झोँकमा परमात्माले भनेको भन्दै साथीको हत्या


१८ साउन, काठमाडाैँ । नख्खु कारागारमा शुक्रबार भएको हत्या पक्ररणको अनुसन्धान भैरहेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाको टोलीले अनुन्धानको क्रममा हत्यारासँग पनि वयान लिएका छन । स्रोतका अनुसार पवनकुमार महतोले साथी पूर्णबहादुर राजीको कारागारभित्रै हत्या गर्नुको रहस्य अचम्मको भेटिएको छ । उनले मासु खान नपाएको झोँकमा परमात्माले भनेको भन्दै साथीको हत्या गरेको बुझिएको छ ।

महतोले अघिल्लो दिन बेलुका मासु भात मागेका थिए । तर मासु भात खान पाएनन् । उनीले त्यही झोँकमा भोलिप्लट साथीको हत्या गरे । कारागार प्रशासन स्रोतका अनुसार उनले गल्ती गरे भन्ने महशुष समेत गरेका छैनन् । तर प्रहरीसँगको प्रारम्भिक वयानका क्रममा आफूलाई परमात्माले पठाएकाले हत्या गरेको दाबी गरेका छन् । यादव कर्तव्य ज्यानको मुद्दामै जेल जीवन बिताइरहेका कैदी हुन ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार १०:१६