१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भूकम्प गयाे, ८ जनाको मृत्यु


११ साउन, फिलिपिन्स ।  फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् । उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन् । बिहानको समयमा भूकम्प आएको हुनाले धेरै मानिसहरू घरभित्रै रहेको र धेरै घरहरु भत्किएको बताइएको छ ।

टापु नै टापुहरु रहेका बातान्स प्रान्तमा झण्डै चार घण्टाको अन्तरलमा ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । पहिलो भूकम्प स्थानीय समयानुसार बिहान ४.१५ मा आएको थियो । भूकम्पपछि सुनामी आउन सक्ने संभावना नदेखिएको अधिकारीहरुले बताएका छन् । खोजी तथा उद्धार कार्यलाई तिव्रता दिइएको छ । धेरै भूकम्प आउने देशमा पर्ने फिलिपिन्समा अहिलेको भूकम्पमा परी अहिलेसम्म झण्डै ६० जना घाइते भेटिएको मेयर राउल डे सागोनले जानकारी दिनुभयो ।रासस

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार १३:११