१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जिल्ला अदालत काठमाडौँद्धारा छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी


८ साउन, काठमाडाैँ । निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौँले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले दिएको बहुविवाहकाे जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको काठमाडौँ प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १६:५०