१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पाँचतारे होटलमा केरा खाएकाे बिल हेर्दा नायक राहुलको सात्ताे गयाे(भिडियाेसहित)


८ साउन, काठमाडाैँ । बलिउड नायक राहुल बोसले एक पाँचतारे होटलमा दुईवटा केरा खाएका थिए । उनले खाएकाे दुईवटा केराकाे  बिल  ४ सय ४२ भारु देखेपछि अाफ्नाे सात्ताे उडेकाे उनले ट्वीटरमार्फत् जानकारी दिएका छन् । राहुलले भिडियो सुट गरेर आफू तत्काल सुटिङका लागि चन्डीगढमा भएको र त्यहाँको जेडब्ल्यू म्यारियोट होटलमा बसेको जानकारी दिए ।

भिडियो पोष्ट गर्र्दै उनले लेखे, ‘यो विश्वास गर्नका लागि तपाईंले यो हेर्नुपर्छ । फलफूलले तपाईंको अस्तित्वमा क्षती पुर्याउँछ भनेर कसले भन्छ ? जेडब्ल्यू म्यारियोट चन्डिगढलाई सोध्नुहोस् । भिडियोमा राहुलले आफू जिममा वर्कआउट गरिरहेको र यतिबेला उनले दुईवटा केरा अर्डर गरेका थिए ।

राहुलको यो भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । सोसल मिडिया प्रयोगकर्ताले विलासी होटलको मनपरी मूल्यमाथि प्रश्न उठाइरहेका छन् । सियाक्सकेप नामका एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘मलाई थाहा थिएन कि सेलिब्रिटी ट्याग यो मूल्यसहित आउँछ ।’ यस्तै, असिम यादवले लेखे, ‘यदि तपाईंले बनाना शेक मगाउनुभएको भए त यसको मूल्य नयाँ सार्वजनिक भएको आइफोनको मूल्य बराबर हुन्थ्यो ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १३:४२