१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

१३२ गाउँमा एकजना पनि छोरी नजन्मिएपछि अनुसन्धान सुरु


६ साउन, काठमाडाैँ । भारतकाे १३२ गाउँमा  एक जना पनि छाेरी नजन्मेपछि अनुसन्धान सुरू गरेकाे  छ । गाउँमा पछिल्लो तीन महिनामा एक जना पनि छोरी नजन्मीए पछि जिल्ला प्रशासनले अनुसन्धान सुरु गरेको छ ।

‘टाइम्स अफ इण्डिया’को रिपोर्टअनुसार प्रशासनले यी १३२ गाउँलाई ‘रेड जोन’को रुपमा पहिचान गरेर जाँच सुरु गरेको छ । अनुसन्धानका क्रममा ‘स्थानीय सामाजिक स्वास्थ कार्यकर्ता’हरुमाथि निगरानी गरिनेछ । स्वास्थ विभागद्वारा उपलब्ध गराइएको तथ्याँकबाट यो कुरा खुलासा भएको हो ।

घटनाको जानकारी राज्यको मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतसम्म पनि पुगेको छ । मुख्यमन्त्रीले भने, ‘उत्तरकाशी जिल्लामा भएको घटना मुख्यमन्त्री कार्यालयमा जानकारी आएको छ । मैले घटनाको वस्तुस्थितिबारे पत्ता लगाउनको लागि जिल्लाधिकारीलाई निर्देश गरेको छु । यो तथ्याँक आश्चर्यजनक र चिन्ताजनक छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १६:१४