१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आफ्नै छोराले गरे बुवाकाे हत्या, बुबालाई जोगाउन आएकी आमा गम्भीर घाइते


६ साउन, धनगढी । छोराले आफ्नै बुवाको हत्या गरेका छन् । कैलालीकाे घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेका छन् ।

छोराकाे आक्रमणबाट बुबालाई जोगाउन आएकी आमा नन्दे रावतमाथि पनि उदेले धारिलो हतियार प्रहार गम्भीर घाइते बनाएका छन् । गम्भीर घाइते नन्दे रावतलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएकाे छ ।

घरायसी विवादका कारण छोराले आफ्नै बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धाननाट खुलेको प्रहरीले जानकारी दिएको छ । हत्या गरी फरार रहेका उदेलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १०:५७