१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

छवि ओझालाई अर्काे झड्का, जेठी श्रीमती हेमाले दिइन बहुबिबाहको उजुरी


५ साउन, काठमाडाैँ । फिल्म निर्माता छविराज ओझाविरूद्द उनकी जेठी श्रीमती हेमा ओझाले बहुबिबाहको उजुरी  दिएकी छिन् । निर्माता ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको कुरा चलिरहँदा जेठी पत्नी हेमाले प्रहरी वृत्त गौशालामा उजुरी दिएकी छिन् ।  उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।

जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।

पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमान्ले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ । हेमा गौशला प्रहरी वृत्तमा उजुरी लिएर आएको भएपनि उजुरी दर्ता नभएकाे डीएसपी प्रदिप बहादुर सिंहले बताए । आवश्यक परे उजुरी दर्ता हुने सिंहले बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १७:५८