१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

फिल्म हिट भयाे भन्दै फिल्म निर्देशकले रक्सीले नुहाएपछि…(भिडियाेसहित)


५ साउन, काठमाडाैँ । बलिउड फिल्म निर्देशक राम गाेपाल बर्माले आफुले निर्देशन गरेकाे फिल्म हिट भएपछि रक्सीले नुहाएका छन् । निर्देशक वर्माले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट एउटा भिडियो ट्वीट गरेका छन् । आफ्नो नयाँ फिल्म सफल भएपछि आयोजित एक कार्यक्रममा उनले आफूमाथि रक्सी खन्याइरहेको देख्न सकिन्छ ।

भिडियोको क्याप्सनमा राम गोपालले लेखे, ‘म पागल होइन, तर स्मार्ट शंकरले मलाई पागल बनाएका छन् । पुरी जगन र चार्मी कौरमाथि यसको आरोप लाग्नेछ । स्मार्ट शंकर फिल्ममा राम पोथिनेनीले मुख्य भूमिका निभाएका थिए । फिल्मले पछिल्लो दुई दिनमा २५ करोड भारु कमाइसकेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार ११:१२