Logo

म जेल जान तयार छुः  प्रियङ्का 



४ साउन, काठमाडाैँ ।   भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताउनु भएको छ । गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उहाँले यस्तो बताउनु भएको हो ।

पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उहाँले ट्विटरमा लेख्नु भएको छ । उहाँले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गर्नुभएको छ । आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार २०:२१
प्रतिक्रिया दिनुहोस्