१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

महिला तथा सामाजिक समितिकी सभापति निरूदेवी पाल भारतीय दूतावासको भोजमा सहभागी नहुने


-पवित्रा मुडभरी 

३ साउन, काठमाडौँ । भारतीय दूतावसले पछिल्लो समय सम्पादकहरूपछि संसदीय समितिका सभापतिहरूका लागि आयोजना गरेको भोजमा नजाने बताएकी छिन । उनले दैनिकीसँग कुरा गर्दै भारतीय दूतावासका कर्मचारीले आफूलाई म्यासेजबाट निम्ता दिएको  र बिहीबार फोनमा पनि फलोअप गरेको जानकारी दिँदै कुटनीतिक मर्यादा विपरित हुने यस्ता भोजभतेरमा आफू सहभागी नहुने बताइन । उनले दूतावासका कर्मचारीलाई समेत नआउने जानकारी दिएको बताइन ।

आगामी सोमबार अर्थात जुलाइ २२ का दिन भारतीय दूतावासले संसदीय समितिका सभापतिहरूका लागि रंगिन भोजको आयोजना गरेको छ। विगतदेखि भारतीय पक्षमा गर्दै आएको सहयोग र आगामी दिनमा गर्नुपर्ने सहयोगको बारेमा भारतीय राजदूत मञ्जिवसिंह पुरीले ब्रिफिङ गर्न निमन्त्रणा दिइएको दूतावास स्रोतले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रिसभा अन्तर्गतका सबै समितिका सभापतिका लागि दूतावासले मोबाइलमा म्यासेज पठाउने र फोन कुरा गरेर सहभागिताको सूचना बाँडेको छ ।

भारतीय दूतावासले कुटनीतिक मर्यादा नाघेर अनेक खालका गतिबिधि गरिरहेको भए पनि त्यो रोक्न परराष्ट्र मन्त्रालय असफल देखिएको छ । हुनत केही दिन अघि अरू बेलामा सरकारले कुटनीतिक नियोगका प्रतिनिधिलाई मर्यादामा राख्न सकेन भनेर ठूला अक्षरका हेडलाइन बनाउँदै समाचार छाप्ने सम्पादकहरू नै कुटनीतिक मर्यादा विपरितको रंगिन भोजमा सहभागी भएका थिए । सामान्यतया परराष्ट्र मन्त्रालयको समन्वय बिना कुटनीतिक नियोगहरूले यस्ता खालका रंगिन भोजहरू नियमित गर्न नपाउने हो तर यहाँ कतिपय सांसदहरू लोगो लगाएरै दूतावासमा गएर नेपालको सूचना बाँडिरहेका हुन्छन ।

कुटनीतिक मामलाका जानकार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उप प्राध्यापक प्रेम खनाल कुटनीतिक नियोगको गतिबिधि कसरी व्यवस्थित गर्ने र आफ्ना नागरिकको व्यवस्थापन कसरी गर्ने भन्नेमा नेपालले पहिला सोच्नुपर्ने बताउँछन । उनले अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनहरूलाइ समेत ख्याल राख्दै परराष्ट्र मन्त्रालयले यसमा कडाइ गर्नुपर्ने बताए । खनालले भारतीय दूतावास वा अन्य दूतावासले बोलायो भन्दैमा गएर उनीहरूको भोजमा सहभागी भएर देशका सबै सूचना दिने परिपाटी राष्ट्रको अहितमा रहेको बताए ।

नेपालको व्यवस्था नै परिवर्तन गराएर पुरानै व्यवस्था उल्ट्याउनका लागि भारतले अनेक खालका कार्डहरू प्रयोग गर्दै आएको पनि तथ्यहरू सार्वजनिक भएका छन । भ्रष्टाचारविरोधी अभियानका नाममा सामाजमा अराजकता सिर्जना गर्न भारतले अहिले ठूलै लगानी गरेको जानकारहरू बताउँछन । भारत नेपालमा राजासहितको हिन्दूराष्ट चाहन्छ । उसले यो राजाको हितमा भन्दा पनि नेपालको अस्थिरताका निम्ति चाहेको पनि जानकारहरूको मत रहेको छ ।  यसतर्फ सरकारले समयमै नसोच्ने हो भने परिस्थि सरकारको बसभन्दा बाहिर जाने निश्चित छ ।

यो पनि पढ्नुहोस्

-सम्पादकहरूपछि संसदीय समितिका सभापतिहरूलाई भारतीय दूतावासको रंगिन भोजको निम्तो

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार ०९:४०