१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाढीपीडितलाई मन्त्री पण्डितबाट राहत वितरण


१ असार, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर खोला किनारमा स्थायी तटबन्ध निर्माण गर्ने कार्यमा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।

विराटनगर महानगरपालिकाका विभिन्न वडाका बाढीपीडितलाई आज राहत वितरण गर्दै उहाँले बाढी नियन्त्रणका लागि दिगो तटबन्ध गर्ने जानकारी दिनुभयो । मन्त्री पण्डितले बाढीपीडितलाई राहत र उचित व्यवस्थापनका लागि सरकार गम्भीर भएर लागेको बताउँदै राहतबाट कोही पनि वञ्चित हुन नहुने स्पष्ट पार्नुभयो ।

उहाँले दीर्घकालीन उपाय अपनाएर बाढीपहिरोबाट हुने कटान र क्षति न्यूनीकरण गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । आफ्नै सहयोगमा मन्त्री पण्डितले विराटनगर महानगरपालिका क्षेत्रका ४०० भन्दाबढी बाढीपीडितलाई त्रिपाल, झुल, टर्चलाइट, म्याटलगायतका सामग्री वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १९:२१