१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

कथा नेपालको समृद्धिमा प्रधानमन्त्रीको योगदानको एक वर्ष, सोल्टी होटलमा भव्य भोज गरिदैँ


१ साउन, काठमाडौँ । ठीक एक वर्ष अघि लुतो फाल्ने दिन अर्थात साउने संक्रान्तीको दिन नै सुरू भएको कथा नेपालको जनतासँग प्रधानमन्त्री कार्यक्रमले एक वर्ष पूरा गरेको छ । कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति देखाएर कथा नेपालको व्यापार बढाउने मुल उदेश्यले चलेको कार्यक्रमले एक वर्ष पूरा गरे पनि कार्यक्रम हेर्ने र हेर्न छाडेका धैरैले प्रधानमन्त्रीलाई आलोचित बनाउनका निम्ति कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउने गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कतिपय केन्द्रीय नेताले नै जनतासँग प्रधानमन्त्री कार्यक्रमले प्रधानमन्त्री केपी शर्मा ओलीको बद्नाम गरेको भन्दै बन्द गर्नुपर्ने सार्वजनिक टिप्पणी समेत गरे । प्रधानमन्त्रीको प्रशारण तथा उत्पादन विज्ञको जागिर समेत खाएका मनाेज पाण्डेले नेपाल टेलिभिजन र अन्य सरकारी स्रोत साधनको दुरूपयोग गरेको भनेर लागेको आरोप र पाण्डेको कमजोरी छोप्न एक वर्षको बीचमा सरकारको तर्फबाट मिलाउने काम भएको छ ।

सुरूमा पाक्षिक भनेर सुरू गरिएपनि जनतासँग प्रधानमन्त्री कार्यक्रममा खासै विज्ञापन उठान नसकेपछि पाण्डेले पछि साप्ताहिक बनाएका थिए । यो एक वर्षको बीचमा जनतासँग प्रधानमन्त्री नाम राखेर कार्यक्रम चलेको भए पनि धेरै दर्शकको नजरमा मनोज पाण्डेसँग प्रधानमन्त्री भन्ने छाप परेको छ । साताभरि नै पाण्डेको कार्यक्रमको बिषयलाइ लिएर सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ । यद्यपी प्रधानमन्त्रीको सचिवालयलाइ समृद्भिको अभियानमा बाधा पर्ने भयले आलोचना सुन्ने, सुध्रने र सुधार्ने फुर्सद देखिदैन ।

प्रधानमन्त्रीको नाममा कथा नेपालको व्यापार बढाउने भन्दा बोहक कार्यक्रमको खास उपलब्धि नदेखिएको प्रधानमन्त्रीको सचिवालयका कर्मचारीहरू बताउँछन । जनतासँग प्रधानमन्त्री नामको कार्यक्रममा उपस्थित भएर प्रधानमन्त्री ओलीले विभिन्न एडभोटोरिएल र विज्ञापनको स्टुडियोमै बसेर दृश्यावलोकनको मजा लिने बाहेक आफ्ना कुरा पनि राख्ने मौका पाएका छन भने कतिपय अवस्थामा प्रधानमन्त्रीले आफ्नो धारणा पनि राखेका छन ।

मनोज पाण्डेलाइ प्रतिस्पर्धाबिनै कार्यक्रम उत्पादनको जिम्मा दिइनु, विप्लव समूहको शैलीमा पाँच मिनेटका रिपोर्ट बनाएर लखाैँको बिल पेश गरेर रकम अशुल गर्नु लगायतलाइ प्रधानमन्त्रीकै सचिवालयका ९० प्रतिशत भन्दा बढीले स्वभाविक मानेका छैनन् । यसअघि कथा नेपालका लागि सरकारी कोषबाटै प्रतिअंक २ लाख भन्दा बढी रकम दिइने प्रबन्ध मिलाइएको थियो तर चर्को बिरोधपछि त्यो प्रबन्ध हटाएर हाल कथा नेपालले केही हजार तिर्नेगरी कागजपत्र मिलाइएको नेपाल टेलिभिजन स्रोतले जनाएको छ ।

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम सञ्चालक पाण्डेले प्रधानमन्त्रीसँगको निकटता देखाएर सिंहदरबार अगाडीकै करिब २ रोपनी जग्गा कब्जा  समेत कब्जा गरेर रेष्टुरेन्टका लागि पार्किङ बनाएका छन ।  सिंहदरबार पूर्वीगेटको विपरित दिशा तर्फ युनियन हाउसका लागि उनले सरकारी जग्गा कब्जामा लिएका हुन । सञ्चारकर्मीको भेषमा विभिन्न पेशा व्यावसायमा समलग्न पाण्डेले सरकारी जग्गा कब्जा गरेर पार्किङ सञ्चालन गरे पनि प्रधानमन्त्री कार्यालयले त्यसलाइ चासो दिएको छैन ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १३:४६