१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शिक्षा मन्त्रालयद्धारा थप ८४ वटा विद्यालय नमुना घोषित, ८ करोडसम्म अनुदान पाउने (सूचीसहित)


१ साउन, काठमाडाैँ । शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालय सुधारको अभियानका लागि थप ८४ विद्यालयलाई नमुना घोषणा गरेको छ ।नेपाल सरकारले यसअघि २२२ सामुदायिक विद्यालयलाई नमूना छनोट गरेको थियो भने आउँदो आर्थिक वर्षमा नमूनाका रूपमा अतिरिक्त अनुदान पाउन थप १०० विद्यालय छनोट गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निश्चित आधारमा छानिएका विद्यालयलाई केन्द्रबाट आठ करोड रुपैयाँसम्म अतिरिक्त अनुदान दिइनेछ । नमूना विद्यालयको अवधारणाले विद्यालयको भौतिक, शैक्षिक र अन्य अवस्थामा सुधार ल्याई सिकाइ उपलब्धिमा वृद्धि गर्नेछ ।

सामुदायिक विद्यालयको गुणस्तर बढाउन केन्द्र, प्रदेश र स्थानीय सरकारले नमूना विद्यालय घोषणाका लहर नै चलेको बेला केन्द्र सरकारको यो घोषणा भएको हो तर स्रोत, साधन र राम्रो नतिजा ल्याएका विद्यालयलाई नै पुनः नमूना भनिएकाले कमजोर विद्यालय पछाडि नै पर्ने चिन्ता पनि उत्तिकै छ । संविधानको सही पालनाका लागि विद्यालय तहका सबै रकम स्थानीय तहमा पठाइनुपर्ने आवाज उठे पनि केन्द्र सरकारले नमूना विद्यालयको अभ्यासलाई आफ्नो जिम्मेवारीमा पनि राखेको छ ।

यी हुन थप ८४ विद्यालय

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १०:३६