१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाढी प्रभावितलाई प्रदेश २ का मन्त्रीहरुले १ महिनाको तलब दिने


३१ असार, धनुषा । प्रदेश २ का मन्त्रीहरुले आफ्नो १ महिना बराबरको तलब बाढी पीडितलाई सहयोग गर्ने भएका छन् । प्रदेश २ सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले १ महिनाको तलब बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले बाढी प्रभावितलाई उद्धार तथा पुनःस्थापनालाई तीव्रता दिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । त्यस्तै समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण समेत गर्ने छन् ।

साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुट्न बैठकले आग्रह गरेको छ । यसअघि प्रदेश सरकारले बाढीबाट मृतक परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने र प्रदेश २ को आठवटै जिल्लालाई राहत तथा उद्धारको लागि १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १५:२६