१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु, वर्षाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो


२७ असार, काठमाडाैँ । काठमाडाैँमै पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडाैँको मुलपानीमा पहिरोले घरपुर्दा एकै परिवारका तीन जनाको ज्यान गएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार मृत्यु हुनेमा बारा घर भइ कागेश्वरी मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेकाछन् ।

उनीहरूको शव अहिले स्काभेटरको सहयोगमा निकाल्ने प्रयास भैरहेको छ । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १७:१८