१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सुडानस्थित अनामिड मिशनमा गएका शान्ति सैनिकको बिदाइ


२७ असार, काठमाडाैँ ।  संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानस्थित अनामिड मिशनमा जाने प्रहरी टोलीलाई आज बिदाइ गरिएको छ । प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले आज शान्ति मिशनमा जाने प्रहरी कर्मचारीलाई बिदाइ गर्नुभएको हो ।

फाइल फाेटाे

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिशनमा खटिँदा बनाएको छविलाई कायम राख्दै सङ्गठनको नीतिअनुरुप कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले मिशनमा रहँदा पालना गर्नुपर्ने अनुशासन र कार्यहरुका बारेमा समेत जानकारी गराउनु भएको थियो । उक्त मिशनमा नौ प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक गरी १२ जना प्रहरी अधिकृतहरु यही असार २९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १५:२५