१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

 पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ३ जना घाइते


२७ असार, काठमाडौं । अविरल वर्षाकोले  पहिराे जाँदा काभ्रे र रामेछापमा  ३ जनाको मृत्यु  भएकाे छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले पुरीदा २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले  बताएका छन् । यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १२:२५