१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सीआईबीकाे डीएसपी हुँ भन्दै ठगी गर्दै हिँड्ने धादिङका राजेन्द्र प्रसाद लुईँटेल पक्राउ


२६ असार, काठमाडाैँ । सीआईबीकाे डीएसपी हुँ भन्दै ठगी गर्दै हिँड्ने धादिङका राजेन्द्र प्रसाद लुईँटेल थानकाेटबाट पक्राउ परेका छन् । धादिङकाे  धुनिबेसी नगरपालिका वडा नं-२ घर भएका ३८ वर्षीय राजेन्द्र प्रसाद लुईँटेललाई महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-७, सितापाइलाबाट पक्राउ हाे ।

पक्राउ परेका लुईँटेल सशस्त्र प्रहरीको भगौडा रहेकाे प्रहरीले जनाएकाे छ । उनले चन्द्रागिरी नगरपालिका-३ बस्ने बिजय तामाङलाई आफू सीआईबीकाेडीएसपी भएकाे, आफ्नाे सेक्युरिटि कम्पनी रहेको र कम्पनीमा पाँच प्रतिशत शेयर हाल्न चाहिने १ लाख ६० हजार रुपैयाँमध्येकाे रकम माग्दै गरेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।

उनकाे साथबाट रेडियो सेट थान १, त्यसकाे को चार्जर थान १ र १० हजार रुपैयाँ पनि बरामद गरिएकाे छ भने ठगी मुद्दामाअनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १८:१८