१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नायिका शिल्पा पोखरेल र छवी ओझाबीच सहमति


२६ असार, काठमाडाैँ । नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच सहमति भएकाे छ । काठमाडौँ प्रहरी परिसर, टेकुमा दुवै पक्षबीच भएको छलफलपछि शिल्पा र छवीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । नायिका शिल्पा पोखरेलले यसअघि श्रीमानबाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर प्रहरीमा उजुरी दिएकी थिइन् ।

शिल्पाको सुरक्षामा आँच नपुर्याउने गरी छवीले लिखित गरेका छन् । प्रहरीमा परेको उजुरी योसँगै टुंगिएको छ । नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।

लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् डेब्यू गराएका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १५:१५