१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आफ्नै छोरीलाई बलात्कार गरेर माेबाइलबाट भिडियाे खिच्ने बाबु पक्राउ


२६ असार, काठमाडौँ । आफ्नै छोरीलाई बलात्कार गरेर माेबाइलबाट भिडियाे खिच्ने बाबु पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका-१, कोटीहोम टोल बस्दै आएका ३९ वर्षीय रामबहादुर नेपाली (नाम परिवर्तन)ले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्नहरीले जानकारी दिएकाे छ ।

नेपालीले मंगलबार राति करिब १० बजेतिर आफ्नै छोरीलाई बलात्कार गरेको र बलात्कार गर्दैगर्दाको मोबाइलबाट भिडियोसमेत खिचेका थिए । नेपालीकी श्रीमतीले मोबाइल चलाउँदा भिडियोमा आफ्नै छोरीको अनुहार देखेपछि श्रीमान-श्रीमतीबीच झगडा सुरू भएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ । घटना बाहिरिएपछि इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १०:५९