१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

छोटो वा लामो दूरीको यात्रामा निस्कदै हुनुहुन्छ ? यदि हो भने तीन दिनको माैसमबारे जान्नुहोस


२६ असार, काठमाडाैँ । मानिसहरू समान्य सूचना नपाएर पीडित बनिरहेका हुन्छ ।  अहिले वर्षायामको समयमा त छिनछिनमा वर्षा हुने र रोकिने हुन्छ । कतिपय अवस्थामा हुरीसहितको पानी पनि परिरहेको हुन्छ । यात्र गर्ने मानिसहरूले माैसमबारे जान्नु अति अावश्यक हुन्छ । हामीले नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अबको तीन दिनको माैसमको पूर्वानुमान गरेको बुलेटिन यहाँ प्रस्तुत गरेका छाैँ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०३-२६, बिहान ६ बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

हाल मनसुन न्यूनचापिय रेखा (Monsoon Trough) नेपालको नजिक रहेको छ। आगामि २४ घण्टा सम्म पनि मनसुन न्यूनचापिय रेखा नेपालको पुर्व देखि पश्चिम तराई भू-भागमा रहिरहने देखिन्छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर पूर्ण बदली रहि मध्य र पूर्वका केही स्थानहरु र पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनि वर्षा भैरहेको अवस्था छ।

आगामि तीन दिनको मौसम पूर्वानुमान (Three days weather forecast):

असार २६ गते (बिहिबार)

दिउँसो: देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक-दुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारि वर्षाको संभावना।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २७ गते (शुक्रबार)

दिउँसो: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।

राती: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २८ गते (शनिबार)

दिउँसो: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशकाधेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।

राती: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशकाधेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

देशभर मनसुनी वर्षा जारी रहने देखिन्छ। साथै देशको पश्चिमि भेगका एक-दुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारि वर्षाको संभावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार ०८:३७