१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

भारत आईसीसी विश्वकपको फाइनलमा पुग्न सकेन, न्यूजिल्याण्डसँग १८ रनले पराजित


२५ असार, काठमाडाैँ । न्यूजिल्याण्ड भारतलाई हराउँदै आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

गलबार तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा २११ रन बनाएपछि खेलमा वर्षा हुँदा खेल बुधबारका लागि स्थगित भएको थियो । बुधबार न्यूजिल्याण्डले २८ रन बनाउँदा तीन विकेट गुमायो । न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३९ रन बनाएको थियो ।

न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने केन विलियम्सनले ६७ रन बनाए ।  भारतका टप अर्डका खेलाडीहरु केएल राहुल, रोहित शर्मा र विराट कोहली १–१ रन बनाएर आउट हुँदा पाँच रनको अवस्थामा भारतले तीन विकेट गुमाइसकेको थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार २०:३४