१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

भोजपुरमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त, दुई जनाको मृत्यु, मारिनेमा एक जना घुमुवा प्रहरी


२५ असार, काठमाडाैँ । भोजपुरकाे सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यातर्ताको बीचमा दोहोरो भीडन्त भएको छ ।भिडन्तमा दुइ जना मारिएका छन । मत्यु हुनेमा एक जना घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई रहेका छन भने अर्का विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका छन । घटनाको भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले पुष्टि गरकेा छन ।

प्रमुख जिल्ला अधिकारी खतिवडाले भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवान र विप्लवका एक जनाको ज्यान गएको बताए । उनले मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था नरहेको तर शब उठाएर जिल्ला अस्पताल भोजपुर लगिएको बताए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार १०:१५