१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कोमल वली र प्रज्ञा ‘शरद’को तीज गीत “छड्के तिलहरी” सार्वजनिक (भिडियोसहित)


२३ असार, काठमाडौँ । चर्चित लोकदोहोरी गायिका कोमल वलीको तीज गीत “छड्के तिलहरी” सार्वजनिक भएको छ । चर्चित गीतकार एकनारायण भण्डारीद्वारा संकलित गीतमा गायिका कोमल वली र  प्रज्ञा ‘शरद’ले स्वर दिएका छन् । निर्देशक तथा कोरियोग्राफर पवित्रा आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

गीतले दिदी बहिनी बीचको प्रेमको महत्व उजागर गरेको छ । साथमा मौलिक पर्व तीजमा हरेक नारीले लगाउने तिलहरीको पनि चर्चा गरिएको छ । वली दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर, चुरा पोतेमा सजिएर गीतमा अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति : २३ असार २०७६, सोमबार १८:०२