१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी किन बेच्दैछन विष्णु रिमालको नाम ?


-ध्रुव पाैडेल

२२ असार, काठमाडौँ । बाहिरी दुनियाँमा मानिसहरू ठूला र पदमा रहेका मानिससँगको सम्बन्धलाई बेच्दै हिड्छन । अझै अहिलेको सामाजिक सञ्जालको चर्को प्रयोगको समयमा पद र शक्तिमा रहेकाहरूसँग सँगैबसेर वा नजिक पुगेर सेल्फी खिचेर सञ्जालमा पोस्टिने पनि उत्तिकै छन । जुन गतिबिधिलाई पछिल्लो समय स्वभाविक मान्न थालिएको पनि छ । तर सुरक्षा संगठनको प्रमुख जिम्मेवारीमा बसेकाहरू ले अर्को शक्तिको आड देखाएर फुर्ती गर्दै हिँडेको बिरलै पाइन्छ ।

त्यस्तै बिरलै पाइने एउटा घटनाक्रममा सशस्त्र प्रहरी संगठनभित्र रहेको पाइएको छ । दैनिकीले प्राप्त गरेको सूचना र तथ्यलाई केलाएर हेर्दा सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको  नाम बेचेको पाइएको छ । यो नाम कसैलाई नगदमा बेचिएको भने हैन । रिमालले आफूलाई केही सातामै आइजिपी बनाउने भन्दै उनले साथीभाइ र केही पत्रकार जम्मा गरेर गफ दिन थालेको पनि करिब महिना बित्यो तर रिमालले आइजी बनाएनन् ।

हामीले केही प्रमण प्राप्त गरेपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहरकार रिमाल समक्ष राख्यौँ तर उनले यस विषयलाई जवाफ दिन उचित ठानेन् । अर्थात उनको नाममा यस्ता प्रवृति अन्त पनि भएको अनुमान हामीले गरेका छौँ । सशस्त्र प्रहरीको प्रमुख छान्ने समयमा नै भयंकर उत्साहित भएर मिडियामा समाचार लेखाउँदै आफैँँ आइजी हुन्छ भन्दै दाबी गरेर हिडेँका केसीले अहिले फेरि विष्णु रिमाल म दुबै नुवाकोटको सँगै पढेको साथी हो भन्दै सशस्त्रकै तल्लो तहका कर्मचारी र केही पत्रकारलाई गफ दिने गरेका छन ।

नुवाकोट स्थायी घर भए पनि जन्मस्थानप्रति खास मोह देखाउने मान्छे होइनन् रिमाल न त पुष्पराम नै नुवाकोटप्रति त्यस्तो मोह भएका व्यक्ति होइनन् । तर केसीले नुवाकोटको साइनो बताउँदै रिमालसँगको निकटता प्रस्तुत गरेर संगठनभित्र अनावश्यक चलखेल गरेको सशस्त्र प्रहरीकै एक डिआइजी बताउँछन । रिमाल युरोप घुम्न गएको र केसी शोकमा रहेको समयमा केसीले नै एउटा अफवाह चलाए ‘उहाँहरू फर्कने वित्तिकै मैले आइजीको फुली लगाउँछु ।’

स्रोतका अनुसार केसीले केही पत्रकारलाइ एउटा रेष्टुरेन्टमा राखेर बाँकी हिसाब किताब समेत सबै मिलेको बताएका थिए । त्यसैको आधारमा केही पत्रकारले नेपाल प्रहरीका प्रमुखले थाइल्याण्डमा गएर पाकिस्तानलाई आतंकवादी भनेर हस्ताक्षर गरेको विषय शैलेन्द्रसँग जोडेर प्रस्तुत गरे भने कतिपयले खरिदको फाइल अख्तियारले तानेर छानविन गरिरहेको भन्दै भ्रम फैलाउने काम गरे । असामान्य अवस्थामा समेत कुनै पनि कारण र आधार नदिइ कर्मचारी हटाउन नसक्ने सरकारले समान्य अवस्था (कुनै विशेष कारण नपरी) कसरी प्रमुख हटाओस ।

को हुन केसी ? 

केसी नुवाकोटको तत्कालीत तलाखुका स्थायी बासिन्दा हुन । नेपाली कांग्रेसको पृष्ठभूमिका उनी अहिले र पहिले पनि कांग्रेसीधारको प्रतिनिधित्व गर्ने अगुवाको रूपमा चिनिन्छन । हुनत उनले आफू तत्कालीन एमालेको सच्चा हिमायती रहेको पनि नबताएको होइन तर उनी एमाले वा नेकपा निकट हो भनेर नुवाकोट र काठमाडौँका कुनै पनि नेकपाका नेता र कार्यकर्ताले विश्वास गर्न सक्दैनन् ।

हालका मुख्यसचिव रहेका तत्कालीन गृहसचिव लोकदर्शन रेग्मी जो वर्तमान सरकार असफल पार्नका लागि भरमग्दुर प्रयत्न गरिरहेका छन र नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको निगाहमा केसी एआइजीमा बढुवा हुँदा तीन नम्बरमा रहनु पर्ने मान्छे एक नम्बरमा आए । केसी अहिले सशस्त्र प्रहरीको कार्य तथा सीमा सुरक्षा हेर्ने विभागीय प्रमुख छन ।

 

प्रकाशित मिति : २२ असार २०७६, आईतवार २२:१४