१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानीका लागि सम्झौता


२२ असार, काठमाडाैँ । ‘मुक्तिनाथविकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवाप्रदानगर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथविकासबैंककातर्फबाटप्रमुख सञ्चालनअधिकृत तथानायवप्रमुखकार्यकारी अधिकृततिलबहादुर गुरुङ र खल्तीकातर्फबाट निर्देशक ध्रुब अधिकारीलेआइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता समारोहमाखल्तीकाव्यापार विकास अधिकृत आदित्यथापा र मुक्तिनाथविकास बैंकका डिजिटल बैंकिङ शाखाप्रमुख राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो । यस सम्झौताअनुसार अब मुक्तिनाथविकास बैंककाग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाप्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानीगर्न सक्नुहुनेछ । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।

उक्त सम्झौताको बारेमाबोल्दै मुक्तिनाथविकास बैंककाप्रमुख सञ्चालनअधिकृत तथानायवप्रमुखकार्यकारी अधिकृत तिलबहादुर गुरुङले भन्नुभयो, “हामीप्रविधिको प्रयोग गरेर मानिसहरुकाविभिन्न बैंकिङ्गतथावित्तिय समस्याहरु समाधानगर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्तगर्न सक्नुहुनेछ । हामीखल्तीवालेटसँग सहकार्य गरी हाम्राग्राहकहरुमाझखल्तीको सजिलो मोबाईल भुक्तानी सेवाउपलब्ध गराउनपाउँदाअत्यन्तै उत्साहितभएका छौँ ।यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।”

त्यसै गरी खल्तीकानिर्देशक ध्रुब अधिकारीले भन्नुभयो, “हामीमुक्तिनाथविकास बैंकसँग यो सम्झौतागर्न पाउँदाउत्साहित छौँ । अब मुक्तिनाथविकास बैंककाग्राहकहरुले बैंकबाट नगदझिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानीगर्न सक्नुहुनेछ । नगद पैसाबिनाको सरल भुक्तानीको यो एउटा सुरुवातहो । यो पार्टनरशिप सँगै हामीलाई खल्तीनगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।

सन २०१७, जनावरी २६ बाट नेपालीबजारमाआरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, बिमाशुल्कभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिकपत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ । हालखल्तीप्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ ।

मोबाइलएप डाउनलोड गर्न

‘मुक्तिनाथविकास बैंक’ को मोबाईल बैङ्किङ एपयो लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।
यस्तै, ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एपयो लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित मिति : २२ असार २०७६, आईतवार १८:४०