१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कांग्रेस नेता डा रामशरण महतको गाउँ जाने बाटो ‘जहाँ गाडीलाई भैँसीलाई झैँ डोर्याउनुपर्छ’


२२ असार, नुवाकोट । नुवाकोट जिल्लाको भूगोलबाट चुनाव लडेर केन्द्रीय राजनीतिमा स्थापित नाम हो डा रामशरण महत । उनी नेपाली कांग्रेसका प्रभावशाली नेता पनि मानिन्छ । कांग्रेसभित्रको गुटको राजनीतिमा उती चासो नदिने डा महत बौद्धिक नेताको रूपमा पनि चिनिन्छन । उनी कांग्रेस नेतृत्वको सरकारमा पटक पटक अर्थमन्त्री भएका छन । तर उनी अर्थमन्त्री भएर पनि उनको गृह जिल्लाले कहिल्यै फाइदा लिन सकेन ।

यो पनि हेराैँ

तत्कालीन अवस्थामा तीन निर्वाचन क्षेत्र भएको नुवाकोटमा २ नम्बर क्षेत्रबाट चुनाव लड्ने डा महतले आफ्नो क्षेत्र भन्दा बाहेक विकासका नाममा केही पनि नयाँ काम गरेनन् । बरू उनले विकासको कामका लागि डेलिगेशन जाने जनतालाइ उल्टै हपारेर पठाउँथे । उनको त्यस कामको साथी र सहयोगी थिए उनकै भतिजना नाता पर्ने स्वकीय सचिव रमेश महत । उनीहरू दुबैको टेढो आँखा समेत पर्न नसकेको टोखा–छहरे सडक प्रयोगकर्ताले आजै तीनै डा रामशरण महत र उनका भतिज रमेश महत सम्झिरहेका हुन्छन । कारण त्यहो बाटो उनीहको गाउँजाने मुलबाटो हो ।

पाँच पटक अर्थमन्त्री भएका डा महतले चाहेको भए त्यो बाटो धेरै वर्षपहिले राम्रो बनिसक्थ्यो तर विकासमै पूर्वाग्रह राखेपछि बन्न सकेन । अहिले तीनदिनदेखि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उनै महतको गाउँजाने टोखा–छहरे सडकको शिवपुरी गाउँपालिकामा रहेको सडकमा यात्रुहरूले डोरी लगाएर बस तानिरहेको तस्बीर भाइरल बनेको छ । सबैजसोले डा महतको सम्झना गर्दै उक्त तस्बीर सेयर समेत गरिरहेका छन । विश्वकै उत्कृष्ठ अर्थमन्त्री भनेर पुरस्कार किन्न सक्ने महतले आफ्नो गाउँजाने सडकको दुरावस्था किन राखीरहन चाहे अहिलेको यक्ष प्रश्न यही हो ।

यो पनि हेराैँ

यता दुइतिहाइ मतको धाक दिने नेकपाका सांसदहरूले पनि यसमा खास काम गर्न सकेनन् । उनीहरूले पनि यसलाइ चुनावी नारा बनाएर, काम नहुँदा केही आवाज त उठाए तर परिमाण सकारात्मक देख्न सकिएन । प्रचण्ड निकट मानिने हितबहादुर तामाङ हाल त्यही क्षेत्रमा डा महतलाइ पराजित गरेर सांसद छन तर सडकका निम्ति अवाज मुखरित गर्ने काममा चुकेका छन । जसका कारण दैनिक उक्त बाटो प्रयोग गर्नेहरूले सास्ती व्यहोर्नु परिरहेको छ । कतिसम्म भने मोटरसाइकललाइ समेत अर्कोले घुचेटेरमात्र अघि बढाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

–कांग्रेस नेता महतको अर्को काण्डः जस्तापाताकै झल्को दिने एसबीआई प्रकरण सार्वजनिक

प्रकाशित मिति : २२ असार २०७६, आईतवार १३:१९