१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

होटल मालिककाे आँखाले मलाई बलात्कार गर्याे 


२२ असार, काठमाडाैँ । चर्चित बलिउड नायिका ईशा गुप्ता नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी  थिइन् । उनले ट्विट गर्दै होटल मालिकले आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् । गुप्ताले शनिवार ट्विट  गर्दै होटल मालिक रोहित विजले  आफुमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् ।

गुप्ता लेख्छिन्र,  ‘यदि देशमा म जस्तो महिलाले त असुरक्षित महसुस गरिरहेकी छु भने अरु महिलाहरुको हालत कस्तो होला ? यहाँ सम्म कि मसँग दुईजना सेक्युरिटी गार्ड थिए तर मैले यस्तो महसुस गरे कि उसले आँखाले नै मलाई बलात्कार गरिरहेको छ ।’

प्रकाशित मिति : २२ असार २०७६, आईतवार १२:०७