१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

महिलाका लागि खुशीको खबरः बलात्कारबाट बचाउने पेन्टी तयार, पेन्टी खोल्न पासवर्ड हान्नुपर्ने


२१ असार, काठमाडाैँ ।  भारतकी एक किशोरीले बलात्कारबाट बचाउने पेन्टी बनाएकी छिन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीमा अध्यनरत छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् । यो आम पेन्टीभन्दा निकै फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ ।

पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जोडिएको छ । जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लाग्नेछ । त्यस्तै, पेन्टीमा जडित रेकर्डरले घटनास्थल वरिपरिको आवाजहरूलाई रेकर्ड समेत गर्नेछ । सिनुले दिनहुँ हुने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताईन् ।

उनले बलात्कारबाट बचाउने पेन्टी आविष्कार गर्ने योजनाअनुसार पेन्टी बनाएको बताइन् । उनका अनुसार यो पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न सकिँदैन् । न कि यो कपडा जलाउन सकिन्छ । पेन्टीमा एउटा बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं. मा स्वचालित रूपमा फोन जान्छ ।

त्यसपछि प्रहरी पेन्टीमा जडित जीपीआरएसको सहायताबाट महिला भएको स्थानसम्म पुग्नेछन् । उनले यसलाई अझ सुधार र परिष्कृत गर्दै लान सकिने समेत बताइन् । पेन्टीको नमुना तयार गर्न उनलाई ५ हजार रुपैयाँ खर्च लागेको उनले जानकारी दिइन् । लोकपथबाट

प्रकाशित मिति : २१ असार २०७६, शनिबार २३:०८