१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अनुहारमा कालो टेप बेरिएको अवस्थामा घरभित्र एउटै परिवारका ५ जनाकाे शव भेटियाे   


२० असार, भारत । अनुहारमा कालो टेप बेरिएको अवस्थामा घरभित्र एउटै परिवारका ५ जनाकाे शव भेटिएकाे छ । भारतमा घटेकाे उक्त घटनामा बाबु अामा र ३ छाेरा छाेरी मृत भेटिएका हुन्र । मृतक प्रदिपकी श्रीमती एम्समा स्टाफ नर्स थिइन् भने च्चाहरु ८, ५ र ३ उमेरका रहेकाे भारतीय मिडियाले जनाएकाे  छ । प्रदीप आफ्ना आमा–बुवा, बहिनी र तीन सन्तानसहित बस्ने गरेकामा प्रदीप र उनकी श्रीमती र तीन सन्तान एउटा कोठामा सुतिरहेका थिए ।

पुलिसले सुरुवाती अनुसन्धानपछि प्रदीपले आफ्नी श्रीमतीको टाउकोमा हथौडाले हमला गरेको र त्यसपछि तीन सन्तानको मुखमा कालो टेप लगाएर हत्या गरेको हुनसक्ने अनुमान गरेको छ । त्यसपछि आफूले पनि मुखमा टेप बेरेर आत्महत्या गरेको अनुमान गरिएको छ । अर्को कोठामा सुतिरहेका आमा–बुवाले आफूले कुनै पनि आवाज नसुनेको बताए । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार ११:५८