१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मोडलको नग्न तस्बीर प्रहरीको फेसबुक पेजमा सेयर गर्ने गोरखाका एसपी कार्यालयमै रक्सीले झ्याप


१९ असार, काठमाडौँ । गत चैत्र ११ गते जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा एक विदेशी मोडलको नग्न तस्बीर प्रोफाइल र कभर फोटो बनाएर सेयर भएपछि हंगामा भो । दैनिकी डट कमले केहीबेरमै समाचार प्रकाशन भयो । जिल्ला प्रहरी कार्यालयकै आधिकारिक फेसबुक पेजमा मोडलको फोटो सेयर हुनेवित्तिकै सयौँ प्रतिक्रियाहरू व्यक्त भएका थिए । तर त्यतिखेर प्रहरी प्रधान कार्यालयले उक्त विषयलाइ उति चासोपूर्वक हेरेको थिएन ।

प्रहरी कार्यालयमा कार्यरत एक जवानका अनुसार त्यो प्रोफाइल र कभर चेन्ज गर्ने पनि उनीनै हुन । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय गोरखाको प्रमुख रहेका एसपी भोला रावल कार्यालय समयमै रक्सीमै झ्याप भएको अवस्थामा फेला परेका छन । उनी माथि प्रहरी प्रधान कार्यालयले तत्काल केही नगरेपनि प्रदेश प्रहरी कार्यालय माथि निगरानी बढाएको थियो । त्यसैको परिणामस्वरूप उनी प्रहरीको अनुगमन टोलीको फेलामा परेका छन ।

उनी दिउँसै मान्छे नचिन्ने गरी रक्सीले झ्याप भएर कार्यालयमा सुतिरहेको अवस्थामा फेला परेका हुन । ‘कार्यालयमा लुटपाट तथा चोरीका घटनाका बारेमा सूचनाहरू आइरहे पनि प्रहरी प्रमुख भने प्राय मदिरामा मस्त भएर बस्थे’ जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सइले बताए । पछिल्लो समय त उनी प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा समेत नभएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे आफैंले फोन गर्दा पनि रक्सीले मातिएको अवस्थामा फोनमा कुरा गरेको प्रहरीले जनाएको छ । घिमिरेले एसएसपी हरिराज वाग्लेको कमाण्डमा फिल्डमा अनुगमन पठाउँदा समेत एसपी रावल रक्सीले झ्याप भएको अवस्थामा भेटिएको र मेडिकल रिपोर्ट समेत सोही अनुसारको आएको प्रहरीले जनाएको छ ।

यो पिन पढ्नुहोस्

–जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार २१:३२