Logo

समस्या सोचको हो मानिसको होइन



–डा युवराज संग्राैला

समाजको परिवर्तन र नागरिकको समृद्धिमा राजनितिक व्यवस्थाको भूमिका नेतृत्वदायी हुन्छ भन्ने कुरा त सबैले पढेकै हो, र त्यो सत्य पनि होला । तर नागरिकको चेतना र श्रमको संस्कृति पनि उतिकै महत्वपुर्ण हुन्छ होला यसबारेमा भने कमै अनुसन्धान भएको छ जस्तो लाग्छ मलाइ । जुन समाजमा श्रम संस्कृतिको संस्कृति कमजोर छ, त्याहाँ चेतनाको पनि कमि हुन्छ भन्ने एउटा पुर्वानुमान(एजम्सन) हुने रहेछ। यस्तो समाजको मुलचरित्र “कुरौटे” त हुन्छ यो बिगार्ने स्वतन्त्रताको माग गर्दो रहेछ बनाउने अधिकारको होइन ।

१. यो संस्कृति नेपालमा सरकारका निकाय देखि ब्यक्ति सम्म हुदोंरहेछ भन्ने नेपालमा जताततै देखिने प्रवृत्तिले देखाउंछ। यो प्रवृत्तिको प्रामाणका रुपमा देखिने कुरा रहेछ अनुशासनहिनता। हामी हाम्रा सडकका किनारा लगाएका घुम्ती ऐना फुटाएका, बाटा छेउमा लगाएका बार भत्काएका, सार्बजनिक सम्पत्ति धोस्त पारेका, सरकारी जमिन लुटिएका, सरकारि गाडीहरु दुरुपयोग गरिएका यस्तै हजारौं उदाहरणबाट देख्न सक्छौ।

२. जापानमा चीनमा बाटाका फोहोर टीपेर बिद्यार्थीले कन्टेनरमा हाल्छ्न। नेपालमा बिद्यार्थी सडकको बत्तिमा ताकेर बल्ब फुटाउंछ। “क्या सिधा हात यस्को” भनेर मानिस उस्को तारिफ गर्छ्न। यो तुच्छ संस्कृतिको श्रोत के हो? हाम्रो मानसिक चिन्तनमै कतै रोग त लागेको होइन?

३. बनाउने संस्कृतिमा नयाँ र राम्रो बनाएर नराम्रो संस्कृति उन्मुलन गरिदोंरहेछ तर बिगार्ने संस्कृति भएका नेपाल जस्ता समाजमा बनेको बिगार्ने र नयाँ नबनाउने संस्कृति पुजनिय हुंदोरहेछ। जो मानिस अल्छी छ, सधैं फोहोरी कुरा गर्छ, आफ्नो कुनै योजना छैन खाली अरुको बिरोध गर्छ, बिचार होइन घृणाको प्रचार गर्छ, त्यो समाजको रोलमोडल हुंदोरहेछ।कसरी बन्यो यो संस्कृति नेपालमा? यो कामगर्नेहरुको समाज थियो बिगतमा!

४. दिमाग भरिएपछि, नयाँ कुरा पस्तैन भन्छ्न। मलाई लाग्छ नेपालमा दिमाग चाउरिएको हो। यहाँ त बिश्वबिद्धालयका पदाधिकारीनै सर्टीफिकेट बेच्दा रहेछ्न, अनि उनिहरुलाई बिद्यार्थी नेता र ठुलानेताले जोगाउदां रहेछ्न। बिश्वबिद्धालयहरु ज्ञानको उत्पादन होइन फोहोर उत्पादन गर्दा रहेछ्न। पढाउने प्राध्यापक, किताब लेख्ने लेखक, न्यायगर्ने न्यायाधीशलाई स्वयं नागरिक मजाक बनाउछ्न।

५. सकारात्मकताको पतन एउटा गम्भीर रोगमा परिणत भएको छ। ताकतको प्रयोगगर्नेहरु सबैभन्दा ज्यादा डराएका छन। छ्ट्टुहरु अतालिएका छ्न। तेसैले उनिहरु समाजमा उथलपुथल चाहन्छन। कोहि इतिहासलाई तानेर बिगतमा पछार्न उद्धत छ्न। कोहि बर्तमानलाई बांधेर भबिस्यतिर जान रोक्न चाहन्छ्न। अहिले देश प्रतिगामी र यथास्थितिबादिका स्वार्थहरु बिचको टक्करको सिकार भएको छ। केही छट्टुहरु यस्को लाभ उठाउन उध्द्त छ्न।

६. मानिसलाई नयाँ सडक चाहिएको छ। सडक खनेपछि हिलो भयो भनेर रिस उठ्छ। सडक बनाउंदा अरुको जमिनमात्र काटेर उनीहरुको घर अगाडि बाटो चौडा हुनु पर्छ।तर उनीहरुको छुनु हुँदैन ।असारमै पिच हुनु पर्छ। बाटो खतम हुन्छ, तब जुलुस निकाल्नु पर्छ।

७. थुप्रै आशीर्वाद कर्मचारी घुस भनेर दियो भने गु पनि लिन तयार छ। उस्लाइ बिदेशीको चाकरी प्यारो लाग्छ, किनिकी उस्का सरकारी छात्रवृत्तिमा पढेका छोराछोरीलाई ग्रीन कार्ड चाहिएको छ। मन्त्री जो घुस खानकै लागि मन्त्री हुन माफियाको सहयोग लिन्छ उस्का यिनै कर्मचारी साथी बन्छन।

तर यी सबै समस्याको समाधान नागरिकको बनाउने संस्कृतिमा निर्भर गर्छ। धमिलो खोलामा पौडी खेल्नेका कपडा धमिलै हुन्छन। नागरिक सफा खोला बने पछिमात्र सफा नेता भेटिन्छ। किन इमान्दार मानिस राजनितिमा आउदैन, किनकि तेस्तालाई समाप्त त जनताले नै पारेको होइन  र? तेसैल समास्या सोंचको हो मानिसको होइन।

(डा युवराज संग्राैलाले सामाजिक सञ्जाल फेसबुकमा राखेको धारणा हामीले साभार गरेका हाैँ–सम्पादक )

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार ०९:२६
प्रतिक्रिया दिनुहोस्