१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विवाह नगरी आमा बनिन् बलिउड नायिका माही गिल, ३ वर्षपछि खुल्याे रहस्य


१८ असार, काठमाडाैँ । बलिउड चर्चीत नायिका माही गिल जसले सलमान खानसँग दबंग लगाएलका फिल्ममा काम गरेकी छिन् । उनी विवाह विनानै अामा बनेकी छिन् । छोरी तीन वर्ष पूरा हुनैलाग्दा माहीले अाफ्नाे सत्यता मिडियामा खुलासा गरेकी छिन् । नायिका माहीले विवाहकाे चाहाना समेत व्यक्त गरेकी छिन् ।

भारतीय मिडिया नवभारत टाइम्सकाे अनुसार उनले आफू सिंगल नभएको बताएकी छिन् । प्रेमीबारे जानकारी दिँदै उनले भनिन्, ‘उनी गोवामा व्यापार गर्छन् । त्यसकारण म धेरैजसो गोवा आवतजावत गरिरहन्छु । उनकी छोरी मुम्बईमा उनीसँगै बस्ने र छोरीको हेरविचार उनकी काकीले गर्ने गरेको बताइन् । माही भन्छिन् ‘परिवार र बच्चा विवाह नगरीकनै बन्न सक्छन् । मलाई लाग्दैन कि यसमा कुनै समस्या छ ।

विवाह नगरी बच्चा जन्माउनुलाई साधारण रुपमा लिनुपर्छ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ कि सबैको आ–आफ्नै जीवन हुन्छ र हरेकको आफ्नै सिद्धान्त पनि छ । विवाह निकै सुन्दर छ तर विवाह गर्नु तपाईंको नीजि रोजाई हुनुपर्छ । कामको कुरा गर्ने हो भने उनको फिल्म फ्यामिली अफ ठाकुरगञ्ज चाँडै नै रिलिज हुने तयारीमा छ । नायिका आजकाल यो फिल्मको प्रोमोशनमा निकै व्यस्त छिन् । यसबाहेक माही दबंग थ्रीमा पनि देखिनेछिन् । यो फिल्ममा उनीसँग अरबाज खान, सलमान खान र सोनाक्षी सिन्हाको मुख्य भूमिका हुनेछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार १०:०६