२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

उभिएर गीत गाउन नमान्दा गर्भवती गायिकाको गोली हानी हत्या


२९ चैत, काठमाडौँ । उभिएर गीत गाउन नसकेको भन्दै गर्भवती गायिकाको गोली हानी हत्या भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा एक २४ वर्षीया गायिकाको गोली हानेर हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ । घटनास्थलमै गायिका र उनको गर्भमा रहेको बच्चाको ज्यान गएको छ ।

समीना समून नामकी गर्भवती अवस्थामा रहेकी गायिका एउटा कार्यक्रममा गएकी थिइन । उनले कार्यक्रममा गीत गाउँदै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिले उनलाई उभिएर गीत गाउन अनुरोध गरेका थिए तर गर्भवती भएकै कारण उनले गीत गाउन नसक्दा उनीको गोली हानी हत्या भएको छ ।

प्रहरीका अनुसार तारिक जटोई नाम गरेका एक व्यक्तिले बारम्बार गायिकालाई उभिएर गीत गाउन र नाच्न जिद्दी गरिरहेका थिए । तर गायिकाले ती व्यक्तिको कुरा नमानेपछि उनीमाथि गोली चलाइएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १८:३३