१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एसईईमा उत्तीर्ण भएकी सांसद शान्ता चौधरीले संसद्‍मा पाइन बधाइ 


१३ असार, काठमाडौँ । एसईईमा उत्तीर्ण भएकी सांसद शान्ता चौधरीले संसद्मा बधाइ पाएकी छिन् । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा बाेल्दै नेकपाका सांसद विशाल भट्टराईले चौधरीलाई बधाइ दिएका हुन् ।

सांसद भट्टराईले भने, ‘यसै प्रतिनिधि सभाका माननीय शान्ता चौधरी र नेपालकी स्थापित नायिका करिश्मा मानन्धरले राम्रो अंकसहित एसईईमा उत्तीर्ण हुनु भएकोमा बधाइ दिन चाहन्छु,’  । शान्तालाई बधाइ दिँदा नेकपा सांसदहरूले टेबल ठटाएर समर्थन गरे ।

शून्य समयमा बाेल्दै नेकपा सचेतक शान्ता चौधरीले आफूलाई बधाई दिने सबैलाई धन्यवाद दिइन् । साथै उनले आफूसँगै एसईई उत्तीर्ण हुने सबैलाई बधाई पनि दिइन् । ‘मलाई बधाइ र शुभकामना दिनुहुने सम्माननीय प्रधानमन्त्री लगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु, थाेरै नम्बर पाएका विद्यार्थी भाइबहिनीलाई निराश नहुनुस्, अवश्य सफल हुनुहुनेछ भन्न चाहन्छु,’ चौधरीले भनिन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार १७:५९