१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आईसीसी विश्वकप क्रिकेटः छैटौं जित निकाल्दै अष्ट्रेलिया पुनः अंक तालिकाको शीर्ष स्थानमा


११ असार, काठमाडाैँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा छैटौं जित निकाल्दै अष्ट्रेलिया पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डलाई ६४ रनले पराजित गरेसँगै अष्ट्रेलिया पुनः अंक तालिकाको शीर्ष स्थानामा उक्लिएको हो । जितसँगै अष्ट्रेलिया जारी विश्वकपकाे सेमिफाइनल पुग्ने पहिलाे टिम बनेकाे छ ।

लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्ड ४४ ओभर ४ बलमा २२१ रनमा अलआउट भयो । निकै खराब सुरुवात गरेको इंग्ल्याण्डले ५३ रनमै चार विकेट गुमाएको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार ०८:२१