१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रसुवामा बजार अनुगमन, रक्सीको भट्टीदेखि किराना पसलसम्मका म्याद नाघेका वस्तु नष्ट (फोटोफिचर)


११ असार, रसुवा । रसुवाको दुई गाउँपालिकामा बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा काेषा तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उधोग विकास समिति, खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सम्वन्धित गाँउपालिकाका प्रतिनिधि लगायतको सहभागितामा रसुवाका कालिका र उत्तरगया गाँउपालिकामा बजार अनुगमन गरिएको हो । दुई गाउँपालिका ५० भन्दा बढी पसलहरूमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रसवाले जनाएको छ । होटेल, औषधी पसल, ग्याँस डिपो, खाधान्न किराना पसल, निर्माण सामाग्री पसल, मासु पसल, कपडा पसल लगायतका पसलहरुको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा कालिका गाँउपालिकाका विभिन्न पसलहरुबाट विक्रिका लागि राखिएको १२५ लिटर अबैध घरेलु मदिरा, म्याद नाघेका बिस्कुट ७४ प्याकेट, दालमोठ फुरनदाना ५ प्याकेट स्पाइसी फिस ३३ प्याकेट, सिद्रा माछा सुकुटी ३३ प्याकेट, काेकाकाेला ६ बोतल, सुजी पिठो ११ प्याकेट, बट्टावाला दुध १ बट्टा नष्ट गर्नुका साथै फोहर होटल चलाउने व्यवसायी, दर्ता नगरी संचालन गरीएका, मुल्यसूचि नराख्ने प्यान/भ्याट दर्ता नगरेका ५ ब्यवसायीलाइ ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन सुचित गरिएको र ८ व्यवसायीलाइ पहिलो पटक सचेत पत्र काटिएको प्रशासनले जनाएको छ । 

त्यस्तै अनुगमनका क्रममा उत्तरगयाँ गाँउपालिकाका विभिन्न पसलहरुबाट विक्रिका लागि राखिएको ५० लिटर घरेलु मदिरा, म्याद नाघेका लेबल नभएका खुर्सानीको धुलो प्याकेट १६,डेरी मिल्क चकलेट २० थान, स्निकर चकलेट १०४ प्याकेट, जफत गरी नष्ट गरिनुका साथै फोहर होटलहरु चलाउने व्यवसायी, दर्ता नगरी संचालन गरीएका, मुल्यसूचि नराख्ने प्यान/भ्याट दर्ता नगरेका ५ ब्यवसायीलाइ ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन सुचित गरिएको र १० व्यवसायीलाइ पहिलो पटक सचेत पत्र काटिएको छ । साथै सबै स्थानका बजारहरुमा बजार अनुगमन निरन्तर र प्रभावकारी रुपमा गर्ने प्रशासन कार्यालयले जनाएको छ । 

 

 

प्रकाशित मिति : ११ असार २०७६, बुधबार ०७:३५