१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विप्लव नेकपाका नेता पाैडेलको मृत्युबारे छानविन गर्ने गृहमन्त्री थापाको प्रतिवद्धता


९ असार, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको मत्युबारे छानविन गर्ने प्रतिवद्धता जनाएका छन । संसदको राज्यव्यवस्था समितिमा उपस्थित गृहमन्त्री थापाले साेमबार  विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई कुनै निर्देशन नदिएको भन्दै पौडेलको मृत्युबारे छानविन गर्ने प्रतिबद्धता जनाएका हुन ।

गृहमन्त्री थापाले पाैडेल प्रहरी मुठभेडमा मारिएको बताए । पौडेल यही असार ५ गते दिउँसाे २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।

 

प्रकाशित मिति : ९ असार २०७६, सोमबार ११:१८