१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

चिकित्सक हौँ भन्दै ठगी गर्ने तीन जना पक्राउ


२९ चैत, इटहरी । इटहरीको सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

हामी चिकित्सक हौँ, तपाईहरुको स्वास्थ्य जाँचका लागि हामी यहाँ आएका हौँ भनेर प्रतिव्यक्ति रु ५ सय र रु १ हजारको रसिद काटेर स्थानीयवासीलाई ठग्ने कार्य गरिरहेका अवस्थामा उनीहरुलाई ठगीको आरोपमा नियन्त्रणमा लिई आवश्यक सोधखोज र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको म्याङ्गलुङ्ग नगरपालिका–१० का २१ वर्षीय सुदन सुवेदी, सोही स्थानका २१ वर्षीय जुनिल सुवेदी र सप्तरी कञ्चनपुर नगरपालिका–५ का १९ वर्षीय प्रख्यात मिश्र रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ११:२७