१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तपाईलाई टन्सिलकाे समस्या छ ?  यस्तो छ घरेलु उपचार


शारीरमा आयोडिनको कमीले हुने समस्या टन्सिल  हो । टन्सिल भएपछि गला सुन्निने र दुख्ने गर्छ । घरेलु विधीबाट यसको समाधान गर्न सकिन्छ ।

संक्रमणका कारणले टन्सिल हुनसक्छ ।टन्सिल  हुने कारणहरू एस्ताे छः

चिसोको कारण

 ग्याष्ट्रिक र कब्जियतकाे कारण

मसलेदार खानाकाे कारण

पाचनयन्त्र कमजोर हुँदा

आइस क्रिम, कोल्ड डि्रंक धेरै खानाले

टन्सिलहुँदा एस्ताे लक्षण देखिन्छः

गलामा पीडा हुनु

थुक निल्न र खानेकुरा निल्न गाह्रो हुनु

गला सुन्निनु

कान र गलाको मुनीको भागमा पीडा हुनु

टन्सिलहुँदा निम्न घरेलु उपाए अपनाउन सकिन्छः 

गाईको शुद्ध घिउले मसाज गर्दा टन्सिलमा राहात मिल्छ ।

तातो पानीमा लसुन हाल्ने र यसले केहि दिन मुख कुल्ला गर्ने ।

ग्रीन टि, ल्वाङ-सुकुमेल र दालचिनिको चिया पिउन सकिन्छ ।

 गाजरको जुस पनि उपयोगी हुन्छ ।

एक चम्चा बेसार तातो दुधमा राखेर पिउने

कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार १२:०४