१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विप्लव समूहलाई अर्को झट्का, रामेछाप र दोलखा इन्चार्जसहित पाँच जना पक्राउ


५ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहलाई अर्को झट्का लागेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले विप्लव समूहका रामेछाप र दोलखा इन्चार्जसहित पाँच जना पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाका अनुसार पक्राउ पर्नेहरूमा विप्लवका रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँच जना रहेको ले जानकारी दिए ।

पक्राउ परेका अन्य दुई जना विद्यार्थीमा ताम्सालिङ राज्य इन्चार्ज मुकुन्द र उदयपुरका विद्यार्थी इन्चार्ज विकास रहेका छन । गतिबिधिमा राज्यले प्रतिबन्ध लगाएपछि विप्लव समूहका नेताहरू धमाधम पक्राउ परिरहेका छन । पछिल्लो समय विप्लव समूहले सिंहदरबारभित्रै अात्मघाती विस्फोट गराउने तयारी गरेपछि सिंहदरबार प्रवेशमा समेत कडाइ गरिएको छ । अहिले अस्थायी पास भएका तर प्रयोजन नखुलेका पासवाला कसैले पनि सिंहदरबार प्रवेश गर्न पाएका छैनन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार १२:१४