१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ओली र प्रचण्डको राजनीतिक प्रतिवेदन प्रकाशन अघि जवजबारे गम्भीर बहस हुने


५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकप)०का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदन प्रकाशन अघि जवजबारे गम्भीर बहस हुने भएको छ । राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपूर्व दुबै अध्यक्षले प्रतिवेदनबारेका केही विवादित बुँदा छलफल गरेर टुंग्याउने निर्णय लिएका हुन । बुधबार अध्यक्षद्धय ओली र प्रचण्डको बीचमा भएको छलफलमा पूर्वएमाले र पूर्वमाओवादीवीच पार्टी एकता हुने क्रममा कार्यदलले तयार पारेको अन्तरिम राजनीतिक प्रतिवेदन भाषा मिलेर प्रकाशनमा ल्याउने तयारी गरेको हो ।

यसअघि अध्यक्षद्वयले भाषा मिलाएर प्रकाशन गर्ने गरी स्थायी कमिटीको बैठकले निर्देशन दिएको थियो तर त्यसमा कुनै प्रगति भएको छै न । भनेता पनि अहिलेसम्म त्यसमा प्रगति भएको छैन । जवजको विषयले टुंगो नापाउँदा नेताहरूले फरक फरक खालका दृष्टिकोण राख्दै आएका छन । सचिवालयकै एक जना सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले जवजको बहस पार्टीको तल्लो कमिटीसँग पुर्याउने घोषणा गरेका थिए । पार्टीका अध्यक्षद्धयको बीचमा जेठ ३ गते मदननगर बल्खुमा भएको कार्यक्रममा समेत फरक ढंगलले अभिव्यक्ति सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार १२:०५