१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेकपा सचिवालय बैठक शनिबार, केन्द्रीय सदस्यले पाउलान त जिम्मेवारी ?


४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही असार ७ गते शनिबार बस्ने तयारी गरिएको छ । बैठक ७ गते बोलाउने विषयमा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको भएर बैठक बोलाउने निर्णय भएको हो । बुधबार ओली र प्रचण्डले दुई घण्टा छलफल गरेका थिए ।

झण्डै दुई घण्टा भएको छलफलमा बिबिध विषयमा कुराकानी भएको र असार ७ गते बैठक बोलाउने गरी सहमति बनेको बुझिएको छ । नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरो गठनको विषयमा छलफल चले पनि निर्णय हुन सकेको छैन । पोलिटब्यूरोमा करिब सहमति जुटेको भए पनि केन्द्रीय सदस्यको कार्यविभागमा कुरा अड्किएको बुझिएको छ ।

यद्यपी शनिबारको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदनका विषयमा विशेष छलफल हुने बुझिएको छ । बुधबारको भेटमा प्रधानमन्त्रीले युरोप भ्रमणको बारेमा प्रचण्डलाइ ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार ११:४३