१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१६ वर्ष मुनीको राष्ट्रिय क्रिकेट प्रतियागिता आगामी वैशाख १३ देखि


२८  चैत, काठमाडाैँ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा सोह्र वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी वैशाख १३ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष ठाकुर गैरेले जानकरी दिनुभयो ।

प्रतियोगितामा सात प्रदेशका सात टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेता टोलीले क्रिकेट किट्ससहित रु पाँच लाख बराबरको पुरस्कार तथा उपविजेताले दुई लाख ५० हजार बराबरको पुरस्कार हात पार्नेछ ।

यसैगरी, यसै वर्षभरी क्रिकेट खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये एक पुरुष, एक महिला खेलाडी र एक प्रशिक्षकलाई नगदसहित मनमोहन राष्ट्रिय क्रिकेट सम्मान २०७४ बाट सम्मान गरिने सेन्टरका अध्यक्ष गैरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १८:२८