१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कम्मर दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुहाेस् यी उपाए


१ असार, काठमाडाैँ । बढ्दो तनाव, अनियमित दिनचर्याका कारण कम्मर दुख्ने समस्या प्राय सबैलाई हुन्छ । कम्मर दुख्ने समस्याले नसालाई समेत असर गर्छ ।  केही हाम्रा बानीमा परिवर्तन ल्याए कम्मर दुख्ने समस्याबाट बच्न सकिन्छ ।  कम्मर अत्यधिक तौल बढ्दा, बस्ने तरिका नमिल्दा,  अग्लो जुत्ता लगाउदा र  नरम डसनामा सुत्ने लगाएतका कारणले दुख्ने गर्छ । यसरी दुखेकाे कम्मरलाई निम्न तरिकाले निकाे पार्न सकिन्छ ।

कम्मर दुखाई बाट बच्ने घरेलु उपायः

भुटेकाे ज्वानो  चिसो बनाएर खाँदा कम्मर दुख्न कम हुन्छ। यसको नियमित सेवन गर्नाले कम्मर दुख्ने समस्या हट्दै जान्छ । धेरै बेरसम्म एउटै स्थान र पोजिसनमा बसेर काम नगर्नुहोस् । हरेक ४० मिनेटपछि आफ्नो कुर्सीबाट उठेर थोरै हिँड्नुहोस् । नरिवलको तेलमा लसुन फुराएर मनताताे तेल कम्मरमा मालिश गर्दा दुखाई कम हुन्छ ।

 तातो  नुन पानीले कम्मरमा सेक्दा पनि दुखाईबाट राहत पाउन सकिन्छ । कम्मर दुख्नेहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक छ ।  क्याल्सियमको कमीले हड्डी कमजोर हुन्छ त्यसकारण क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नाले पनि कम्मर दुख्न कम हुन्छ ।  ताताे नुनलाई  पोको पारेर कम्मरमा सेक्दा पनि आराम मिल्छ ।

कम्मर दुख्ने समस्या भएकाले स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो । स्विमिङले मानिसहरुको तौललाई कन्ट्रोल गर्दछ भने यसले कम्मर दुखाईमा लाभ पुर्याउँछ । साइकल चलाउँदा कम्मर सिधा राख्नुपर्छ । व्यायाम गर्दा मांसपेशीले ताकत पाउँछन् भने यसले तौललाई पनि बढ्न दिँदैन ।

प्रकाशित मिति : १ असार २०७६, आईतवार ११:३२