१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रतुवामाईमा प्रधानमन्त्री रोजगार कार्यक्रम


३० जेठ, माेरङ । मोरङको रतुवामाई नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । रतुवामाई नगरपालिकाका नगर प्रमुख रवीन राईले आज उक्त कार्यक्रमको शुरुआत गर्नुभएको हो । नगर प्रमुख राईले बेरोजगारलाई सहायता औजार हस्तान्तरण गर्दै सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उहाँले बेरोजगार युवालाई रोजगारी प्रदान गर्न प्रत्येक वडामा रु तीन लाखसम्मको आयोजना सञ्चालन गरिने बताउनुभयो ।

बेरोजगारी समस्या समाधान गर्न कार्यक्रम सञ्चालन गर्दै लैजाने नगर प्रमुख राईले बताउनुभयो । रतुवामाई नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक काजीमान विश्वकर्माले आगामी आर्थिक वर्ष २०७६÷७७ मा विभिन्न रोजगारका क्षेत्र पहिचान गरी सबै किसिमका बेरोजगारले रोजगार प्राप्त गर्ने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

नगरपालिकाले रोजगारीका लागि आवेदन दिन चैत र वैशाखमा आवेदन माग गरेको थियो । नगरभरिबाट एक हजार ४३६ ले आवेदन दिएका थिए । रतुवामाई नगरभरिबाट १६० ले रोजगार प्राप्त गरेका थिए । छनोट भएका कामदार आगामी असार १ गतेदेखि वडाले छनोट गरेका योजनाको काममा खटिने छन् ।रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १९:०१