१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विप्लव नेकपाका जुम्ला इञ्चार्ज पक्राउ


३० जेठ, खलङगा । नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १२:२७