१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

देउवाले मुख्यसचिव बनाएका लोकदर्शन रेग्मीमाथि ओली सरकारको ‘कु’, लम्साल कावा मुख्यसचिव


९ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मुख्यसचिव नियुक्त गरेका लोकदर्शन रेग्मीमाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ‘कु’ गरेको छ । सरकारले पटक पटक सचेत गराउँदा समेत काम गर्न नसकेपछि रेग्मी माथि ‘कु’ भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री युरोप भ्रमणमा जानु अघि बसेको मन्त्रिपरिषद् बैठकले  रेग्मी माथिको ‘कु’ गर्ने निर्णय गरेको हो । रेग्मीलाई दक्षिण कोरियाका लागि राजदूतको रूपमा सिफारिस गर्ने निर्णय गरेको भए पनि आफ्नै बारेमा भएको निर्णय भन्दै उनले प्रमाणित समेत नगरेको बुझिएको छ । दक्षिण कोरियाका लागि राजदूत सिफारिसमा पारेर मुख्यसचिव पद नै चट पारेपछि उनी विदा लिएर गृहजिल्ला स्याङ्जा पुगेका छन ।

मुख्य सचिवबाट कु गरिएका रेग्मी माथि सरकारका सबै गोप्य सूचना कांग्रेसको नेतृत्वमा पुर्याएको देखि कर्मचारी प्रशासनमा भद्रगोलता र अराजकता निम्त्याएको आरोप लागेको छ । यद्यपी आफूले भनेको जस्तो देशमा राजदूत नपाएको भन्दै उनले उक्त देश अस्वीकार गरेका छन । राजदूत पद अस्वीकार गरे पनि रेग्मी निजामति सेवाबाट स्वत बाहिरिने अवस्था नभएकाले उनको उपयुक्त व्यवस्थापानका निम्ति  प्रधानमन्त्री यूरोपबाट फर्केछि टुंगो लाग्ने बुझिएको छ ।

प्रधानमन्त्री ओली युरोप भ्रमण सेकर सकेर स्वदेश फर्किए लगत्तै मुख्यसचिवमा हालका गृहसचिव प्रेम कुमार राई नियुक्त हुनेछन । उनी काममा अब्बल भएका प्रधानमन्त्री निकटका सचिव हुन । राईले गृह सचिवको रूपमा समेत प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा हुने गरेको छ । रेग्मी मुख्यसचिव गुमाएर विदामा बसेपछि प्रधानमन्त्री कार्यालयका सचिव विष्णु लम्सालले कार्यवाहक मुख्यसचिवको जिम्मेवारी सम्हालेका छन ।

यो पनि पढ्नुहोस्

–चार देशका लागि राजदूत नियुक्ति सिफारिस, प्रचण्ड र माधव नेपालले पनि कोटा पाए

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार २०:११